गोरुबथान: ४३ नम्बर समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टी कार्यालयमा जि टि ए कर्मचारी संगठनको सभा महाबीर छेत्रीको सभाध्यक्षतामा समपन्न भयो।जि टि ए चुनावमा यस संगठनले धेरै सहयोग पुर्याएको बताउदै अबको पालीमा गोर्खा प्रजातान्त्रिक मोर्चाको अगुवाइमा अस्थायी कर्मचारीहरुको समस्या समाधान हुन्छ भन्ने कुरोमा आफुहरु विश्वस्त रहेको बताए। यस सभालाई बिनोद राईले सन्चालन गरेको थियो भने यस सभामा तुलसी राईले स्वागत भाषण राखेका थिए।यस सभालाई ओम प्रकास कार्कीले पनि सम्बोधन गरेका थिए।जि टि ए ले कर्मचारीहरुको निम्ति एउटा कार्ड बनाइदिएको छ। जुन कार्डको माध्यमबाट धेरै साहुलियतहरु प्राप्त गर्न सक्ने विषयमा ओम प्रकास कार्कीले बताए।सबै कर्मचारीहरु एकतामा बाँधिएर काम गर्न पर्ने तबमात्र हाम्रो आवज सही ठाउँमा पुग्ने पनि बताए। अस्थायी कर्मचारीहरुलाई चाडै स्थायी कर्मचारी बनाइ दिनु पर्ने कुरोमा जोड दिइयो।यस सभाले आज गोरुबथान खण्डको जि टि ए कर्मचारी संगठनको महकुमा समिति पनि गठन गरेको छ।

यस जि टि ए कर्मचारी संगठन महकुमा समितिमा चयनित बनेका सदस्यगणहरु यस प्रकार रहेका छन्। सभापति बिनोद राई उप सभापति मणि अधिकारी, अमर लामा, अर्जुन लामा सचिव प्रकास लामा सह सचिव ललिता थापा, एम के थापा कोषाध्यक्ष भावना प्रधान सह कोषाध्यक्ष गौरी लामालाई चयनीत गरेका छन्। प्रमुख सल्लाहकार महाबीर छेत्री,तुलसी राई,बिनोद मोथे, लाई सर्वसम्मतिले पारित गरेका छन्।साथै यसै सभाले जि टि ए कर्मचारी संगठनको कार्यकारिणी सदस्य चयन गरेका छन्। प्रत्येक ६ महिनामा यो समिति विघटन हुने र नव प्रतिनिधि चयन गरिने पनि जानकारी गराएको छ।