मिरिक: हिल तृणमूल कंग्रेसको चेयरम्यान एलबी राईले मुख्यमन्त्री उत्तर बंगाल भ्रमणकाे अवधि पहाडकाे सर्वाङ्गीन विकासमा गरेकाे घाेषणाहरूकाे स्वागत जनाउँदै मुख्यमन्त्रीले उत्तर बंगाल भ्रमणकाे अवधि पहाडकाे लागि धेरै कुराे दिएर गएकाे बताए।उनले मुख्यमन्त्री ममता ब्यानर्जी अनि जीटीए चिफ अनित थापालाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङबाट जीटीएलाई अतिरिक्त 75 करोडको धनराशि उपलब्ध गराउने, जीटीएका हरेक अवकासप्राप्त कर्मचारीलाई अवकास समय ग्राजुएटीको रूपमा रूपियाँ 20 लाख रुपियाँ प्रदान गर्ने, २०११ सालदेखि दागाेपापदेखि जीटीएमा गाँभिएका स्थायी कर्मचारीलाई २००९ अनि २०१९ को पे रूल पे मुताबिक वेतन दिने, २०२३ देखि बन्द रहेको रिजिनल स्कूल सर्भिस कमीसन फर हिल पुनः लागु हुने, पहाडको १४६ प्राथमिक अनि उच्च माध्यमिक पाठशालामा ५९० शिक्षकहरूको रिक्त पद पूरा गरिने, जीटीएमा जिल्ला स्कूल बोर्ड स्थापना गरिने। दार्जीलिङ अनि कालेबुङमा जिल्ला स्कूल बोर्डको एडहक कमिटी गठन गरिने, जिल्ला स्कूल बोर्डमा एक हजार रिक्त पद पूर्ण गरिने जस्ता महत्त्वपूर्ण घाेषणाहरू गरेकाे जसले पहाडलाई विकासकाे मार्गमा अग्रसर गराउने छ भने।तिनले चियाकमानबासीले जमीनकाे सबै पर्जापट्टा पाउनु ठूलाे उपलब्धि हुनेछ भन्दै यहाँकाे शैक्षिक विकास हुन साथै बेराेजगारहरूले पनि अब राेजगारकाे अवर पाउने छन् भने। तिनले पहाडकाे लागि मुख्यमन्त्रीले धेरै घाेषणा गरिन।जसकाे लागि उनी धन्यवादका पात्र हुन भन्दै पहाडकाे लागि यति ठूलाे घाेषणा हुदाँ पनि प्रतिपक्षीहरूले आराेप नै लगाई रहेकाे छ। राम्राेलाई राम्राे भन्ने प्रतिपक्षीहरूकाेमा क्षमता नै छैन।धन्यवादकाे शब्द प्रतिपक्षीहरूकाे शब्द काेषमा नै छैन भने। तिनले प्रतिपक्षीहरूले आलाेचनाबाहेक पहाडकाे लागि के कति गर्याे भन्ने प्रश्न गर्दै भारतीय जनता पार्टीले पन्ध्र वर्षसम्म गाेर्खाकाे सपनासित खेलवाड गर्ने काम गर्याे। चुनाउकाे समय ठूलाे ठूलाे कुराे गरेर भाेट जितेपछि भाजपाले जनताकाे आँखामा धुलाे हाल्ने कुराे गर्याे। संसदकाे अन्तिम शीतकालीन अधिवेशनमा पनि गाेर्खाकाे हितमा कुनै बील आउन नसक्नु भाजपाकाे झूठकाे राजनिती पर्दाफास हुनु हाे भने।तिनले हामी कर्ममा विश्वास गर्ने मानिस हाैं। जनहितमा राम्राे काम गर्दै जानेछाैं, प्रतिपक्षीहरूले हामीलाई के भन्छ साराेकार छैन भन्दै पार्टी हाइ कमानकाे निर्देशलाई शिराेपर गरेर नै हामी पहाडमा सांगठनिक गतिविधिलाई अघि बढाउने छाैं भने।