मिरिक: मिरिककाे सक्रिय महिलाहरूकाे समाजिक संस्था पारिजात संघ मिरिकले मिरिक बाइपासदेखि मिरिक नगरपालिका वार्ड नम्बर नाै विष्णुलाल गाँउसम्म मिरिक नगरपालिकामार्फत् निर्माण गरिएकाे पक्का सडककाे नामकरण दार्जिलिङ टी आयडल गायक स्वार्गीय दिपेन गुरूङकाे नाममा गरेकाे छ। दिपेन गुरूङ मार्गकाे अनावरण मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेका छन्। यस अवसरमा पारिजात संघ मिरिकका अध्यक्ष पुनम विश्व, सचिव प्रमिला सुब्बा, पदाधिकारीहरू, आयलभ मिरिकका अध्यक्ष आशिष तामाङ, दावा तामाङ लगायत स्थानीय मानिसहरू उपस्थित थिए। गायक दिपेन गुरूङकाे निधन गत महिना भएकाे थियाे।उनी लाेकप्रिय गायक थिए।उनलाई अजर अमर बनाउन नै उक्त सडककाे नामकरण दिपेन गुरूङ मार्ग राखिएकाे पारिजात संघका अध्यक्ष पुनम विश्वले जानकारी गराउँदै उक्त सडकलाई नामकरण गर्ने अनुमति मिरिक नगरपालिकाले दिएकाेमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईप्रति आभार प्रकट गरेका छन्।

मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गायक दिपेन गुरूङ लाेकप्रिय गायक थिए भन्दै उनी मिरिकका गर्व थिए भनी बताए।उनले संगीत क्षेत्रमा धेरै याेगदान दिएका थिए। यस्ता व्यक्तिकाे नाममा सडककाे नामकरण गरिनु अति महत कार्य हाे। पारिजात संघले गरेकाे याे कार्यकाे मुग्ध कण्डले प्रशंसा गर्दछु भनी बताए।