पाकिस्तानलाई गोपनीय जानकारी दिने व्यक्ति ठाणे जिल्लाबाट समातिए

medium_2023-12-13-0b7a3de579.jpg

मुम्बई: आतङ्कवाद निरोधक दल (एटीएस)-ले पाक गुप्तचरलाई सैन्य सम्बन्धित जानकारी दिएको आरोपमा गौरव पाटिल (२३ वर्ष)-लाई ठाणे जिल्लाबाट पक्राउ गरेको छ। एटीएसको टीमले यस मामिलामा गहन अनुसन्धान गरिरहेको छ।

अदालतले गौरव पाटिललाई आगामी १८ दिसम्बरसम्म एटीएसको कस्टडीमा राख्ने निर्देश दिएको छ।

एटीएस सूत्रले बिहीवार बतायो, गौरव पाटिललाई मुम्बईस्थित मझगाउँ डाकमा छः महिनापूर्व अप्रेन्टिस (प्रशिक्षणार्थी) -को रूपमा नियुक्त गरिएको थियो। यस अवधि गौरवले पाकिस्तानी गुप्तचर एजेन्सीका तीनजना मानिसहरूसित सोशल मीडियामा सम्पर्क गरेका थिए अनि रक्षा सम्बन्धी केही जानकारी पाकिस्तानी गुप्तचरलाई दिएका थिए। यतिमात्र नभएर गौरवलाई पश्चिम बङ्गाल निवासी एकजना व्यक्तिले जहाजको नाम, चित्र अनि स्थानको बारेमा जानकारी साझा गरेको सट्टा भुक्तान पनि गरेको थियो। पछि यो जानकारी पाकिस्तानी एजेन्सीलाई दिइयो। पाटिललाई गत छः महिनादेखि यस लेनदेनमा रुपियाँ प्राप्त भइरहेको थियो।

उनले बताए, गौरव पाटिलमाथि शङ्का लागेपछि एटीएसको टीमले उमाथि नजर राख्दै आइरहेको थियो। पाक गुप्तचरद्वारा गौरवलाई पैसा दिइएको प्रमाण हात लागेपछि एटीएस टीमले उसलाई गए बुधवार पक्राउ गरेर अदालतमा पेश गरेको थियो। अदालतले गौरवलाई आगामी 18 दिसम्बरसम्म एटीएसको कस्टडीमा राख्ने निर्देश दिएको छ। एटीएसको टीमले गौरवको हनीट्र्यापको पनि जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement