खोरीबारी: आगामी २४ दिसम्बरमा दार्जिलिङमा सम्पन्न हुने हिल म्याराथानलाई ध्यानमा राखेर आज खोरीबारी थानाको पहलमा ४ किलोमिटर म्याराथान दौडको आयोजना गरियो। उक्त म्याराथान दौड खोरीबारीको डुमुरिया मोडबाट शुरू गरेर कदमतला मोडसम्म पुगेर समापन गरियो। उक्त म्याराथान दौडमा खोरीबारी इलाकाका लगभग २ सयजना धावकहरूले अंश ग्रहण गरेका थिए भने म्याराथानमा खोरीबारी थानाका सब इन्स्पेक्टर गौतम साहा, आइनुल हक, शङ्कर राय, वसिम बारी लगायत अन्यले अंश ग्रहण गरेका थिए। उक्त म्याराथान दौडमा पुरुष वर्गमा अमल देवनाथ प्रथम, महिला विभागमा सीमा नायक प्रथम भइन्। विजयी प्रतियोगीहरूलाई खोरीबारी थानाको तर्फबाट पुरस्कार प्रदान गरियो।










