खरसाङ बजारमा रगरगी मच्चाउने बाँदरहरू वन विभाद्वारा समातियो

IMG-20220723-WA0135.jpg

खरसाङ: खरसाड शहरमा बाँदरको बड्दो आंतकले नगरवासी निक्कै आतंकित बनेका छन्। खरसाङ बजारमा बाँदरको रगरगीलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समिति एवं खरसाङ टाउन कमिटीको नेतृत्वमा खरसाड वन-विभागको संयुक्त पहलमा खरसाङ बजारको बाँदरहरुलाई पिञ्जरामा पक्रने कार्य सम्पन्न गरिएको छ। भागोप्रमो खरसाङ महकुमा समितिबाट अघिबाटै वन विभागका अधिकारी डीएफओलाई पत्रचार गरिसकेको अनि खरसाड नगरपालिका पक्षबाट उपाध्यक्षले पनि वन-विभागीय अधिकारी डीएफओ खरसाडलाई पत्रचार गरेता पनि वन-विभागिय पक्षबाट यतिका समयसम्म पहल नभएको जन-गुनासो लिएर वन-विभागका वल्ड लाइफ दार्जिलिङ, खरसाङ डीएफओ, खरसाड महकुमा अधिकारीहरूलाई पत्रचार गरी खरसाड नगरपालिका नगरवासीहरूको असुरक्षित रहेको जानकारी गराए अनुसार आज बिहानदेखि खरसाङ रेन्ज वन-विभागका कर्मचारीहरू खरसाड शहरको बाँदरहरू पिँजड़ामा समातेर लैजाने कार्य शुरू गरेका छन्।

यस क्रममा खरसाड अस्पताल छेउ, नयाँ बजारस्थित जगदीश मन्दिर छेउ, खरसाड नगरपालिका कार्यालयमा पिँजड़ा राखेर बाँदर पक्रने कार्य गरिएको छ। खरसाङ बजारको बाँदरहरू पक्रेर लगेकोमा नगरवासीहरूको पक्षबाट नगर-उपाध्यक्ष सुवास प्रधानले वन-विभागका कर्मचारीहरू एवं अधिकारीलाई धन्यवाद दिएका क्षणभने हप्तामा एक दिन निरन्तर बादर पकड़ने कार्य गरिदिने अनुरोध पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *