१३ वर्षको लामो अन्तरालपछि आज सिलगढी पुगे बौद्ध धर्मगुरु दलाई लामा

ad52c399-686b-4bf6-b45e-984710be598e

सिलगढी : करिब १३ वर्षको लामो अन्तरालपछि आज बौद्ध गुरु दलाई लामा सिलगढी आइपुगेका छन् । उनी सिलगढीको सालुगढा क्षेत्रमा रहेको बुद्ध मठ पुगेका थिए । उनले त्यहाँका मानिसहरूलाई तिब्बती धर्मको सन्देश दिए। यस दिन दार्जिलिङ, कालेबुङ, सिक्किम, डुवर्सलगायत छिमेकी मुलुक नेपाल, भुटानका करिब दुई हजार भक्तजन उक्त मठमा भेला भएका थिए । यो कार्यक्रमपछि उनी दिल्ली प्रस्थान गर्ने बताइएको छ।

उनी यसै महिना सिक्किम आएका थिए र आज सिक्किमबाट सिलगढी आएका थिए । उनको भ्रमणलाई लिएर सालुगढा क्षेत्रमा गरिएको सुरक्षा व्यवस्था यथावत रहेको देखिन्छ । त्यहाँ ट्राफिक एडीसीपी, डीसीपी लगायतका पुलिस टोली खटिएका थिए । कार्यक्रममा सिलगढीका मेयर गौतम देव र उपमेयर रञ्जन सरकार विशेष अतिथिको रूपमा उपस्थित थिए।

About Author

Advertisement