सिलगढीमा लगभग १० केजी तौलको ट्युमरको सफल शल्यक्रिया

2dc7c1ea-6c4c-4c5e-93a4-1f27c9db9a2f

सिलगढी: आकाश अस्पताल आश्रमपाडा, सिलगढीका प्रख्यात स्त्री रोग विशेषज्ञ डा. एके माझीद्वारा करिब १० किलोग्राम तौलको ट्युमरको पुनः सफल शल्यक्रिया गरिएको छ। बनानी सोम नामकी ५९ वर्षीया महिला बिरामी सिलगढी कलेजपाडाकी बासिन्दा हुन्। उनी गत नोभेम्बरमा डा. माझीकहाँ आएका थिए, त्यसपछि विभिन्न परीक्षणपछि बिहीबार बिहान डा. माझीले बिरामीको शल्यक्रिया गरी लगभग १० केजी तौलको ट्युमर सफलतापूर्वक निकालेका थिए। यस सफल शल्यक्रियापछि बिरामी अहिले स्वस्थ रहेको डा माझीले बताए। डाक्टर बाबुको सफल शल्यक्रियाबाट घरका मानिसहरू निकै खुसी भएका छन् र डाक्टर माझीप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement