भागोप्रमो खरसाङ टाउन कमिटीको समीक्षा सभा सम्पन्न

IMG-20220723-WA0131.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको समीक्षा सभा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भएको छ। भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माको अध्यक्षता र टाउन कमिटीको सचिव सूर्य कमल छेत्रीको सञ्चालनमा सम्पन्न उक्त समीक्षा सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मका पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित रहेका थिए। सभामा गत जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले के कसरी खटेका थिए उनीहरूलाई सम्मान गर्नु र चुनावको समीक्षा गरिएको जानकारी प्राप्त भएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली लगायत खरसाङ टाउनको संयोजक समीरदीप ब्लोन, टाउन कमिटीको सभापति राजु शर्मा, सचिव सूर्य कमल छेत्री, टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवा, प्रचार प्रसार सचिव बीरबल पाख्रीन लगायत अन्यहरू उपस्थित रहेका थिए। यस समीक्षा सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले यसरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement