गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङमा ४५० भन्दा बढी महापण्डित, पण्डित, सन्तको उपस्थितिमा विश्वशान्ति महायज्ञको उदघाटन कार्यक्रममा सहभागिता जनाए। यसरी नै उनले लेग्शेपको किरातेश्वर मन्दिरबाट पवित्र जल कलश ल्याएर नयाँ बजार देविस्थानदेखि पण्डालसम्म निकालिएको शोभायात्रामा सहभागी बने। नयाँ बजारेदखि शुरू भएको शोभा यात्रा जोरथाङको खेल मैदानमा पुगेर समापन भएको थियो। उक्त स्थानमा पुगेर मुख्यमन्त्रीले पूजा पाठ गरेपछि त्यहाँबाट रोलु मन्दिर प्रस्थान गरेका थिए। किराँतेश्वर मन्दिरबाट ल्याएको पवित्र जल उनले रोलु मन्दिरमा चढाए। मन्दिरमा आशिर्वाद ग्रहण गर्दै मुख्यमन्त्री तामाङले धर्मगुरू दलाई लामाको उपस्थितिले राम्रो वातावरण सृजना गर्नको साथै दिव्य हावाहरू ल्याएको विचार साँझा गरे
सबै दैवी अवतारहरू र धार्मिक नेताहरूप्रति गहिरो सम्मान प्रकट गर्दै सबै धार्मिक संस्थाहरूलाई फस्टाउन सहयोग गर्ने सरकारको प्रतिबद्धतालाई प्रकाश पारे। “हामी सत्यप्रति निष्ठा राख्छौं, खाँचोमा परेकाहरूलाई सहानुभूति दिन्छौं र असहाय र बिरामीहरूको साथमा उभिनेछौं,” मुख्यमन्त्रीले भने।त्यसैगरी मुख्यमन्त्रीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।