आगामी चुनाउलाई लिएर सिक्किम प्रदेश भाजपाको कार्यसमितिको बैठक

IMG-20231213-WA0227.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यसमितिको बैठक आज सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश प्रभारी डा. दिलीप जैश्वालको विशेष उपस्थितिमा सम्पन्न भयो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, विधायक दलका नेता एनके सुब्बालगायत सल्लाहकारगण, उपाध्यक्षगण साथै कार्यसमितिका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकले राज्यमा पार्टीको सांगठनिक स्थितिमाथि समीक्षा गर्दै आगामी रणनीतिमाथि व्यापक विचार-विमर्श गरेको जानकारी भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा दिएको छ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रभारी डा. दिलीप जैश्वालले भारतीय जनता पार्टी आज देशभरि नै जनविश्वासको केन्द्रमा रहेको बताउँदै प्रधानमन्त्री मोदीको ग्यारेण्टीमाथि देशवासीले बारम्बार मोहर लगाउँदै आएको बताए। प्रधानमन्त्री मोदीको विकसित भारतको महाअभियानमा अब सिक्किमले पनि हातेमालो गर्ने दिन आएको भन्दै भाजपाको सुशासन र विकासको फाइदाबाट सिक्किमवासी अब वञ्चित हुनु नहुने बताए।

हालै छत्तीसगढ़ विधानसभा चुनाउमा चुनाउ प्रभारीको दायित्व सफलतापूर्वक निर्वाह गरिसकेका डा. जैश्वालले सिक्किम भाजपा कार्यकर्ताहरूलाई उत्साहवर्द्धन गर्दै असम्भव केही पनि नरहेको बताए। उनले उपस्थित प्रत्येक कार्यकर्ताहरूलाई अब ३-४ महिना पार्टीप्रति समर्पण गर्न आह्वान गर्दै सबै एकबद्ध भएर लागिपरे सिक्किममा पनि कमल फुल्नबाट कसैले रोक्न नसक्ने बताए।

उनले आगामी चुनाउलाई लिएर पार्टीले चाँड़ै सठीक रणनीति तयार गरेर जनवरीदेखि अभियान शुरू गर्ने बताउँदै यसको निम्ति प्रत्येक कार्यकर्ता तयार रहन आग्रह गरे। उनले सिक्किमलाई पनि अब एउटा भ्रष्टाचारमुक्त शासन व्यवस्था दिन भाजपा कटिबद्ध रहेको बताउँदै चाँड़ै केन्द्र सरकारले एउटा कानून ल्याएर सीबीआई तथा ईडी जस्ता केन्द्रिय जाँच एजेंसीहरूलाई बिना कुनै रोकटोक सबै राज्यहरूमा कार्वाही गर्न छुट दिइने विषयमा पनि काम चलिरहेको बताए।

यसै गरी प्रदेश अध्यक्ष डीआर थापाले हालै भएको पाँच राज्य विधानसभामा भाजपाको अभूतपूर्व जीतको निम्ति केन्द्रिय नेतृत्वहरूलाई बधाई दिँदै उपस्थित कार्यकर्ताहरूलाई पनि पार्टीको यस जीतबाट प्रेरणा लिएर आगामी दिनमा काम गर्नुपर्ने कुरामा जोर दिए। भारतीय जनता पार्टी इमान्दार र मेहनती कार्यकर्ताहरूको योगदानको कदर गर्ने पार्टी रहेको बताउँदै उनले हालै तीनवटा राज्यमा पार्टीले साधारण कार्यकर्ताहरूलाई मुख्यमन्त्री बनाएको उदाहरण दिए।

यस क्रममा उनले सिक्किम राज्यमा पार्टीलाई दह्रिलो बनाउन सामूहिक प्रयासको आवश्यकतामाथि जोर दिँदै राज्य प्रभारी एवं पार्टी शीर्ष नेतृत्वबाट पनि आगामी दिनमा निर्णायक मार्गदर्शन पाउने आशा व्यक्त गरे। उनले उपस्थित विभिन्न स्तरका पदाधिकारीहरूलाई संगठनलाई तृणमूल स्तरदेखि मजबूत बनाउन काम शुरू गर्न निर्देश दिँदै आगामी दिनमा राज्यमा सम्पन्न हुन गइरहेको विकसित भारत संकल्प यात्रालाई सफल बनाउन सबै स्तरमा तयारी गर्न आह्वान गरे।

बैठकमा पार्टी विधायक दलका नेता एनके सुब्बाले वर्तमान राजनीतिक परिदृश्यबारे प्रकाश पार्दै आगामी दिनको निम्ति पार्टी हाईकमाण्डबाट उचित मार्गदर्शनको अपेक्षा राखेका छन्। सभालाई पार्टीका सल्लाहकार डा. कमल गुरुङले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *