टोटो चालकको हत्याका आरोपीलाई पक्राउ गर्न परिवारको माग

IMG-20231213-WA0121.jpg

मालदा: पुरानो मालदामा टोटो चालकको हत्या भएको एक महिना बितिसक्दा पनि दोषी पक्रा पर्न सकेको छैन। जसका कारण मृतक टोटो चालकका परिवार र छिमेकीमा ठूलो असन्तुष्टि छाएको छ। मृतक टोटो चालकका परिवारले पुलिस अधिक्षलाई भेटेर घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। उजुरीका आधारमा दोषीको खोजी भइरहेको पुलिसले जनाएको छ। स्थानीय पुलिस स्रोतका अनुसार गत अक्टोबरमा पुरानो मालदा थानाको रशिलादह बागानपाडा क्षेत्रमा टोटो चालक नेपाल मण्डल (४८) को रहस्यमयी अवस्थामा हत्या भएको थियो। मृतककी श्रीमती मौसमी मण्डलले पुरानो झगडाका कारण श्रीमानलाई दुई दिनदेखि मोबाइलमा मार्ने धम्की दिएको आरोप लगाएकी छन्। त्यसपछि उनका श्रीमान् नेपाल मण्डलको घाँटी थिचेर हत्या गरिएको थियो। घरबाट शव फेला परेको हो। त्यतिबेला घरमा कोही थिएनन्। त्यस दिन नेपाल मण्डलको घरमा पनि चोरीको घटना भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement