सिलगढी: मदेश क्षेत्रका चालकहरूले आफूहरूलाई पहाडमा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। पहाडमा सिन्डिकेट बनाएर तराईका वाहन चालकलाई विभिन्न किसिमले दुर्व्यहार भइरहेको उनीहरुको भनाइ छ। इस्टर्न हिमालयन ट्राभल एण्ड टुर अपरेटर एसोसिएसनबाट पनि मदेशका चालकले सहयोग पाइरहेका छन्। संगठनले बुधबार सिलगढीमा पत्रकार सम्मेलन गरी यो गुनासो गरेको छ। पर्यटकहरूलाई पहाडका विभिन्न ठाउँमा पुर्यानउन जाँदा चालकबाट जबरजस्ती पैसा असुल्ने गरेको संगठनका सदस्यहरुले आरोप लगाएका छन्। पर्यटकहरूलाई पहाडसम्म लैजान नपाएको गुनासो पनि छन्। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष देवाशिष मैत्र, सम्पादक सन्दीपन घोषलगायतका पदाधिकारीहरु उपस्थिति रहेको थियो।