२३ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको चरम रोमाञ्चक म्याचमा अयुष सेभेन (सुकना)-ले क्यामरुन सेभेनलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अरुण तामाङ (पेनल्टी) र अदित्य थापाले गोल गरे। अयुष सेभेनका फरवर्ड अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। भोलि खेलिने दोस्रो सेमिफाइनलमा तीनधारेको चाँद एफसी र गोर्खा बोइज (खरसाङ)-बीच भिड़न्त हुनेछ। फाइनल २७ जुलाईमा खेलिनेछ।