जलपाइगढी: दिव्यांग व्यक्तिहरूले बुधबार धुपगढीमा बीडीओलाई आफ्ना विभिन्न मागहरू बारेमा ज्ञापनपत्र बुझाए। आज सूर्यसेन कालोनीबाट सयभन्दा बढी दिव्यांगहरूले र्यारली निकाले। कोही ट्राइसाइकलमा र कोही पैदल हिडेर १४ बुँदे माग लिएर धुपगढी बीडीओ कार्यालय पुगे। त्यसपछि उनीहरुको एक प्रतिनिधिमण्डलले बीडीओ कार्यालयमा आफ्ना मागहरुका सम्बन्धमा ज्ञापनपत्र बुझायो।