मुख्यमन्त्री तामाङले गरे दलाई लामालाई सम्मान भवनमा स्वागत

n56504470617024823663042719122e54052659410b71adc890ef125d052fdbd9f008b533f7e5b186b699d2.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका धर्मगुरू दलाई लामा आज सम्मान भवन पुगे। यस अवसरमा उनलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, राज्यका मुख्य सचिव भीबी पाठक, डीजीपी एके सिंह लगायत अन्यहरूले भव्यरूपमा स्वागत जनाए।

उल्लेखनीय छ, गत ११ दिसम्बरको दिन धर्मगुरू दलाई लामा तीन दिवसीय सिक्किम भ्रमणको निम्ति राजधानी आइपुगेका थिए। हिजो उनले राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक भव्य कार्यक्रमबीच प्रवचन दिए। उक्त अवसरमा सिक्किम लगायत छिमेकी राज्य साथै विदेशबाट पनि उनको दर्शन गर्नको निम्ति अनुयायीहरू आएका थिए।

सो अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। लगभग तीस हजार भन्दा अधिक अनुयायीहरू पाल्जर स्टेडियममा उनको दर्शन साथै प्रबचन सुन्नको निम्ति पुगेका थिए। उनी भोलि सिक्किमबाट फर्किने प्रस्तावित कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement