अण्डर १४ इन्टर स्कूल फुटबल टुर्नामेन्ट

IMG-20231213-WA0211.jpg

घूम बाल उच्चत्तर माध्यमिक विद्यालय अनि लाब्दा निम्न उच्च विद्यालय दोस्रो राउण्डमा प्रवेश

मङपू: रञ्जुभेल्ली निम्न उच्च विद्यालयद्वारा आयोजित अण्डर १४ इन्टर स्कूल फुटबल टुर्नामेन्ट २०२३ को तेस्रो दिनको पहिलो म्याचमा घूम बाल उच्चत्तर माध्यमिक विद्यालयले रञ्जुभेल्ली निम्न उच्च विद्यालय ए- लाई १-६ को गोलको अन्तरले विजय हासिल गरी दोस्रो राउण्डमा प्रवेश गरेका छन्। यसरी नै दोस्रो म्याचमा लाब्दा निम्न उच्च विद्यालयले रञ्जुभेल्ली निम्न उच्च विद्यालय बी-लाई ३-१ गोलको मतान्तरले विजयी बनेर दोस्रो राउण्डमा प्रवेश गरेका छन्।

आज खेलाइएको पहिलो म्याचमा घूम बाल उच्चत्तर माध्यमिक विद्यालयका खेलाड़ी जर्शी नम्बर ५ सृजन छेत्रीलाई म्यान अफ द म्याच प्रदान गरियो भने दोस्रो म्याचमा लाब्दा निम्न उच्च विद्यालयका खेलाड़ी जर्शी नम्बर ११ निमा तामाङलाई म्यान अफ द म्याच घोषित गरियो।टुर्नामेन्टको पहिलो राउण्डको अन्तिम खेल भोलि अगमसिहँ गिरी निम्न उच्च विद्यालय मङपू बनाम महलदिराम निम्न उच्च विद्यालय, अप्पर मामरिङमाझ सम्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement