पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशालाको समापन

IMG-20231213-WA0199.jpg

सिलगढी: पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशालाको आज समापन भएको छ। प्रेस क्लब कोलकोता र युनीसेफ पश्चिम बंगालको संयुक्त आयोजनामा सिलगढीमा भएको उक्त पत्रकारिता कार्यशालाको आयोजना गरिएको थियो। पहिलो दिन उदघाटन कार्यक्रममा परिचय आदान प्रदान र कार्यशालाको उद्देश्य विषयमा जानकारी गराइएको थियो। त्यसरी नै दोस्रो दिनको कार्यक्रममा पूर्व स्वास्थ्य अधिकारी डा सुरेश ठाकुरले नवजात शिशुहरूलाई लगाउने भ्याक्सिनेशन विषयमा जानकारी गराउँदै यससित सम्बन्धित विषयमा समाचार गर्नु परेमा आवश्यकता विषयमा कार्यशालामा प्रशिक्षण दिएका थिए। उनीसितै दार्जिलिङको सीएमओएच डा. तुलसी प्रमाणिक पनि उपस्थित रहेर कार्यशालामा उपस्थित पत्रकारहरूलाई सल्लाह सुझाव राखेका थिए। कार्यशालामा युनिसेफ कम्युनिकेशन स्पेसियलिस्ट सुचोरिता बरदान, डा उमा शकंर पाण्डे र सलेशियन कलेज सिलगढीको उप प्राचार्य रेभरेन्ट फादर सीएम पावलले आफ्नो पत्राकरिता र स्वास्थ्य सुरक्षा विषयमा सम्भाषण राखेका थिए।

यस तीन दिवसीय पत्रकारिता कार्यशालामा पश्चिम बंगाल राज्यभरिबाट पत्रकारहरू उपस्थित रहेका थिए। उक्त कार्यशालामा नवजात शिशुको स्वास्थ्य सुरक्षा र भ्याक्सिनेशन र पत्रकारिता विषयमा अन्तर्क्रिया पनि गरिएको थियो। यस पत्रकारिता कार्यशालामा नेपाली भाषाको पत्राकारिता क्षेत्रबाट अतित थापा (डुवर्स), लेनिन राई (गोरूबथान), बिनोद प्रसाई (मिरिक) र हनोक थापा (खरसाङ) आदि पनि सहभागी बनेका थिए। यस कार्यशालाको तेस्रो दिन सहभागी पत्रकारहरूलाई फिल्ड भिजिटमा लगिएको थियो भने अन्तिम दिन सहभागी सबै पत्रकारहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement