गान्तोक::सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले बुधवार बिहान राजधानीमा परमपावन १४औं दलाई लामासॅंग भेट गरेर आशीर्वाद लिए। उनको साथमा पार्टीका वरिष्ठ नेताहरू र कार्यकर्ताहरू पनि सामेल थिए।
एसडीएफ अध्यक्ष चामलिङले विशेष रूपमा राज्यमा प्रकोपको लहरपछि परमपावन दलाई लामालाई सिक्किम भ्रमण र राज्यवासीहरूलाई आशीर्वादको निम्ति धन्यवाद दिए। उनले निरन्तर आशीर्वादको निम्ति अनुरोध गर्दै उनको सुस्वास्थ्यको कामना गरे।
उनले परमपावनसॅंग २७ वर्षअघि पहिलोपल्ट भेट भएको अवगत गराए। त्यसपछि, परमपावन धेरैपल्ट सिक्किम भ्रमणमा आएको र २०१३ मा राभाङ्गलाको तथागत सल समर्पण गर्न सिक्किम आएको उनले बताए।
परमपावन दलाई लामाले सिक्किम जस्ता ठाउॅंहरूको भ्रमण गर्न रूचाउने गरेको बताए, जहॉं धेरै संख्यामा उनलाई विश्वास अनि प्रेम गर्छन्।