इटानगर: अरूणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेनाविवृत्त) केटी परनायकले आज राजभवनको दरबार हलमा अरूणाचल प्रदेश लोक सेवा आयोग (एपीपीएससी) का नवनियुक्त दुई सदस्यलाई ‘पद एवं गोपनीयताको शपथ’ दिलाए। कर्नल कोज तारी (सेवानिवृत्त) र रोजी ताबाले एपीपीएससीका सदस्यहरूको रूपमा शपथ लिए।
समारोहको संचालन मुख्य सचिव आईएएस धर्मेन्द्रले गरे। राज्यकी प्रथम महिला अनघा परनायक, मुख्यमन्त्री पेमा खान्डू, क्याबिनेट मन्त्री र विशिष्ट अतिथि अन्य अधिकारीहरू र सार्वजनिक पदाधिकारी समारोहमा सामेल भए।