खरसाङ: खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको नयाँ तीन तले भवन निर्माणको लागि जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको बाहुलीहाट शिलान्यास गरिएको छ। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको पुरानो भवन जीर्णावस्थाको भएकोले जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा नयाँ तीन तले भवन निर्माणको लागि कार्य शुरु गर्न शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको उपस्थिति रहेको थियो भने सभाध्यक्षको रूपमा स्कूलकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो उपस्थित थिइन्। स्कूल भवनको निर्माणको लागि भूमि पूजन र शिलान्यास गरेपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए। यस अवसरमा बोल्दै प्रमुख अतिथि जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले यो स्कूल भवन जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा निर्माण गरिने यो भवन उनको तर्फबाट उपहार रहेको र यो भवन भनिएपछि विद्यार्थीहरूले पनि राम्रो पढ्नु पर्ने बताएका छन्। उनले आफ्नो सम्बोधनमा नानीहरूले राम्रो शिक्षा लिनु पर्ने र यो शिक्षासित सम्बन्धित रहेकोले यसको काम पनि गुणस्तरीय हुनु पर्ने बताउँदै यो कामको बेला बेलामा निरीक्षण गरिने पनि बताएका छन्।कार्यक्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आफ्नो सम्बोधनमा यो भवन स्कूलका गुरुमाहरूको प्रयासमा जीटीए चिफले बनाईदिन लागेको बताउँदै स्कूलमा पानीको समस्या समाधान गर्नलाई व्यवस्था गरिने बताए। उनले पानीको समस्या समाधानको लागि भवन बनिएपछि पानीको व्यवस्था गरिने बताए।

कार्यक्रममा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले वक्तव्यमा स्कूल भवनको निर्माणको लागि शिलान्यासको लागि जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिइन्। उनले स्कूलमा पानीको समस्या र शौचालयको पनि समस्या रहेको जानकारी गराइन्। कार्यक्रममा खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु प्रधान, सभासद प्रणाम रसाइली, युवा शक्ति खरसाङ महकुमा सभापति पेमेन्द्र गुरुङ, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ टाउन कमिटीको अध्यक्ष राजु शर्मा लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। त्यसरी विभागीय रूपमा कार्यकारी अभियन्ता सुदर्शन छेत्री, शिक्षा विभागको सचिव पम़नि उपस्थित रहेका थिए। कार्यक्रमलाई शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेकी थिइन्।