गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले लोसुङ-नामसुङको शुभ सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा लोसुङ-नामसुङको शुभ अवसर फसल मौसमको समापन र नयॉं वर्षको आगमनको खुशी मनाउने समय रहेको बताएका छन्।
उनले यो समय वितेका मौसमहरू प्रतिबम्बित गर्ने र आफुले उपलब्धीहरू हासिल गर्न सक्षम बनेकोमा कृतज्ञ बन्ने पनि समय रहेको बताएका छन्।
उनले यस शुभ उत्सवको अवसरमा पर्याप्त फसल र उत्कृष्ट वर्षको निम्ति आफ्ना पूर्वजहरू, अभिभावक देवताहरू र धरती माताप्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण सिक्किमेहरूको सद्भाव, भाइचारा, शान्ति र खुशीले भरिपूर्ण उज्जवल दिनहरूका निम्ति प्रार्थना गरौं भनी आह्वान गरेका छन्। अभिभावक देवताहरूले सदैव सिक्किम र सिक्किमेहरूको रक्षा गरुन् भनी उनले कामना पनि गरेका छन्।