शहीद गोल्ड कपलाई लिएर जीटीए प्रमुख अनित थापासित भेटघाट

IMG-20231213-WA0188.jpg

खरसाङ: एघारौं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको लागि खरसाङ गोर्खा खेलकूद संघले पहल शुरु गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापासित भेटघाट गरेका छन्। प्रत्येक वर्ष १७ जनवरीदेखि शुरु भएर 30 जननरी शहीद दिवसको दिन समाप्त हुन्छ। यस प्रतियोगिता पहाड़ मधेशको १२ वटा दलहरूले भाग लिने गर्छन्। उक्त गोल्ड कप फुटबल टुर्नामेन्टको लागि संघको सभापति मोहन योञ्जन र सचिव निर्मल गुरूङको अगुवाईमा जीटीएको कार्यपाल अनित थापासित भेटघाट गरेका छन्। उक्त भेटघाटमा संघको सचिव निर्मल गुरुङले जीटीए प्रमुख अनित थापालाई शहीद गोल्ड कपको सुविधा असुविधाहरू विषयमा विस्तृत रूपमा जानकारी गराए। जीटीए प्रमुख अनित थापाले पनि आफुलाई सबै कुरा थाहा भएको र यस्तो अभावहरूमा पनि शहीद गोल्ड कप आयोजना गरेकोमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको प्रशंसा पनि गरेका थिए। यस अवसरमा जीटीए प्रमुख अनित थापाले खरसाङमा एउटा राम्रो खेल मैदान बनाउने आफ्नो पनि सपना रहेको बताए।

प्रमुख कार्यपा अनित थापाको निर्देशनमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको टोलीले जीटीएको खेल मामिला विभागको कार्यकारी निर्देशक अरिजित मित्रलाई भेट गरी शहीद गोल्ड कप विषयमा जानकारी गराएका छन्। उक्त भेटपछि उनले विभागीय रूपमा सकेसम्म सहयोग गर्ने आश्वासन दिएका छन्। शगीद गोल्ड कपलाई लिएर जीटीए प्रमुख अनित थापासित भेट गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उप सभापति फुर्बा घिसिङले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement