राजगञ्ज: राजगञ्ज ब्लकको संन्यासीकाटास्थित भुगुरीविटा इलाकाबाट एकजना १७ वर्षीय नाबालिकाको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतकको नाम बिजली सुल्ताना बताइएको छ। यो घटना मंगलवार साँझको हो। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार, बिजली फुलबारी हाई स्कूलको ११औ कक्षाको छात्रा थिइन्। तिनी सदा झैं हिज अपरान्ह पनि घरमा पढ़ाई गरिरहेकी थिइन्। घरको परिवारका सदस्यहरूले बोलाउँदा धेरै समयसम्म पनि बिजुलीले कोठाभित्रबाट कुनै जवाब नदिएपछि तिनलाई हेर्न कोठामा गए। कोठामा जाँदा बिजली सुल्ताना झुन्डिएको अवस्थामा देखे। यसपछि तत्कालै राजगञ्ज थाना पुलिसलाई यसबारे खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याएपछि पोस्टमर्टमको लागि उक्त शवलाई जलपाइगढी पठाइदिए। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको बताइएको छ।