२०१४ पछि अभिषेकको सम्पत्तिमा अथाह वृद्धि

police-personnel-deployed-outside-tmc-mp-abhishek-1153944.jpg

काेलकाता: पश्चिम बंगालको चर्चित नियुक्ति भ्रष्टाचार मामिलामा संदिग्ध संलिप्तहरूमध्ये एक मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज तृणमूल सांसद अभिनेषक ब्यानर्जीको कठनाई अझ् बढ्न गइरहेछ।

जानकारी अनुसार, २०१४ पछि उनको सम्पत्तिमा अथाह वृद्धि भएको छ। त्योपनि बिना कुनै सोर्स अफ इनकमको। प्रवर्तन निदेशालय (ईडी) ले अब यसको जाँच शुरू गरेको छ। बिहिवार यस बापत कलकत्ता हाईकोर्टमा एउटा रिपोर्ट पनि सुम्पिनेछ।

नियुक्ति भ्रष्टाचारको आड़मा असूलिएको राशिको हेरफेरको निम्ति लिप्स एण्ड बाउन्ड्स नामको कोर्पोरेट एकाईको प्रयोग गरिएको छ। यसका निदेशकहरूमा अभिषेके ब्यानर्जी बाहेक उनका माता-पिता र परिवारका अन्य सदस्य पनि सामेल छन्।

ईडीका एक अधिकारी अनुसार, उक्त कोर्पोरेट एकाईको वर्तमान र पूर्व निदेशकहरूले हाईकोर्टको निर्देश अनुसार आफ्नो सम्पत्तिहरू र परिसम्पत्तिहरूको विवरण केन्द्रिय एजेन्साई सुम्पेको छ। दस्तावेजहरूको जाँचपछि धेरै महत्वपूर्ण जानकारी अघि आयो र उक्त कोर्पोरेट एकाईका निदेशकहरूको सम्पत्तिहरू र परिसम्पत्तिहरूको निर्माणको निम्ति फण्डको श्रोतहरूबारे एजेन्सीले जानकारी पाएको छ।

दस्तावेजहरूको माध्यमले धेरै महत्वपूर्ण लेनदेनको पत्तो लगाइएको छ। जाँचमा दिनहुँ नयाँ-नयाँ खुलासा भइरहेछ। २०१४ पछि उक्त कोर्पोरेट एकाईका निदेशकहरूको सम्पत्ति र परिसम्पत्तिहरूमा अचानक वृद्धि भएको छ। त्यसपछि भर्तीमा पनि अनियमितता भयो, यसैले अनियमितताहरू र परिसम्पत्तिहरूमा वृद्धिबीच कुनै सम्बन्ध छ वा छैन यसको जाँच चलिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *