बाँसघारीबाट झुन्डिएको अवस्थामा वृद्धको शव उद्धार

IMG-20231213-WA0152.jpg

फूलबारी: सिलगढी संलग्न फुलबारी-२ नम्बर ग्राम पञ्चायतको जियागञ्ज इलाकामा एकजना वृद्धको घर नजिकैको बाँसको झ्याङबाट झुन्डिएको अवस्थामा शव उद्धार गरिएकाे छ। मृतकको नाम रघुनाथ राय (७५) बताइएको छ।  पारिवारिक सूत्र अनुसार, रघुनाथ राय आज बिहान उठेर चिया पिएपछि घरबाट बाहिर निस्केका थिए। केही समय पछि तिनको शव घर नजिकको बाँसको झाडीबाट झुन्डिएको अवस्थामा उद्धार भएको छ।  जानकारी अनुसार मृतक धेरै समय अघिदेखि मानसिक रूपले बिमार थिए। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि सूचना पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको  जाँच शुरू गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement