संयुक्त राष्ट्र महासभामा गाजामा युद्ध विराम प्रस्ताव पारित

5063.jpg

भारतलगायत १५३ देशहरूले पक्षमा गरे मतदान

संयुक्त राष्ट्र: संयुक्त राष्ट्र महासभा (यूएनजीए) को आपात बैठकमा गाजामा तत्काल युद्ध विराम प्रस्ताव पारित गरिएको छ। भारतलगायत १५३ देशहरूले यसको पक्षमा मतदान गरेको छ।

१० सदस्यहरूले यसको विरोधमा मतदान गरे भने २३ सदस्य यस प्रक्रियामा अनुपस्थित रहे। उक्त जानकारी संयुक्त राष्ट्रको समाचार सेवाले आफ्नो एक्स ह्यान्डल र वेबसाइटमा साझा गरेको छ।

संयुक्त राष्ट्रको समाचार सेवा अनुसार, यसमा तत्काल मानवीय युद्ध विराम, सबै बन्धकहरूलाई तत्काल र बिना शर्त छोड्नु पर्ने माग गरिएको छ। प्रस्तावमा महासभाको मागलाई पनि दोहोऱ्याउॅंदै सबै पक्षलाई अन्तरराष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्वको पालन गर्न लगाइएको छ। यसमा अन्तरराष्ट्रिय मानवीय कानून पनि सामेल छ। यो कानून विशेष रूपले नागरिकहरूको सुरक्षाको सम्बन्धमा छ।

यूएनजीए चीफ फ्रान्सिसले भने, गाजामा नागरिकहरूमाथि हमला भइरहेको छ। अन्तरराष्ट्रिय र मानवीय कानूनहरूको गम्भीर उल्लंघन भएको छ। गाजामा तत्काल युद्ध विरामको निम्ति समर्थन व्यक्त गरिएको छ। संघर्ष विरामको प्रस्ताव मिस्रका राजदूत अब्देल खालेक महमूदले पेश गरे। युद्ध विराम प्रस्तावको विरोधमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इस्राइल, लाइबेरिया, माइक्रोनेशिया, नाउरू, पापुआ न्यू गिनी र परागुआ सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement