दार्जीलिङको सेन्ट जोसेफ्स स्कूलको फूट ओभरब्रीजको उद्घाटन

Screenshot_20231212_231750_YouTube.jpg

दार्जीलिङ: सिक्किमका विधायक एवं दार्जीलिङ सेन्ट जोसेफ्स स्कूलका एलुम्नाई आदित्या गोले अनि प्रभाकर गोलेले आज दार्जीलिङको सेन्ट जोसेफ्स स्कूलको नवनिर्मित फूट ओभरब्रीजको विधिवत उद्घाटन गरे।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको आर्थिक सहयोगमा यस फूट ओभर ब्रीजको निर्माण भएको हो। विशेष सेन्ट जोसेफ्स स्कूल परिसरबाट विद्यार्थीहरूलाई स्कूलको खेल मैदानमा आउन-जानको लागि सजिलो होस् भन्ने उद्देश्य राखेर नै यो फूट ओभर ब्रीजको निर्माण गरिएको हो। यसैबीच, पत्रकारहरूसित कुराकानी गर्दै विधायक आदित्या गोलेले विगतमा आफू यस स्कूलमा अध्ययनरत रहँदा विशेष विद्यार्थीहरू मूल सड़क मार्ग पार गरेर स्कूलको खेल मैदानमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै विद्यार्थीहरूलाई यो खेल मैदान जानको लागि यहाँ एउटा फूट ओभरब्रीजको निर्माण आवश्यक रहेको बताए।

किनभने, सिंहमारीदेखि तकभर तथा जोरथाङतर्फ जाने यो मूल सड़कमा अत्यधिक गाड़ीहरूको चलाचल हुने गर्छ, जसको कारण विद्यार्थीहरू यसै सड़क पार गरेर स्कूलको खेल मैदानमा जाँदा दुर्घट्ना हुनसक्ने पनि सम्भावना थियो। यसै विषयलाई ध्यानमा राखेर उनले आफ्ना पिता अनि परिवारले यस फूट ओभर ब्रीज निर्माणको लागि पहल गरेको जनाए। जसअनुसार, आज यस फूट ओभरब्रीजको निर्माण भएको छ, जसको लागि उनले सम्पूर्ण स्कूल प्रशासन साथै विद्यार्थीहरूलाई बधाई पनि दिएका छन्।

उनले भने-यो स्कूलले हामीलाई धेरै कुरो दिएको छ, जसको देनअनुसार नै आज हाम्रो परिवार वर्तमान स्तरमा पुगेको छ। यसैले यस स्कूल अनि यस ठाउँका जनताको लागि पनि हामीले केही दिनुपर्छ भन्ने सोंच राखेर नै यो फूट ओभरब्रीजको निर्माण गरिएको हो। यो फूट ओभर ब्रीज निर्माणको लागि हाम्रो परिवारले सानो योगदान दिन पाउँदा धेरै हर्ष लागेको पनि उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *