२३ जुलाईः मुम्बई सिटी एफसीले आईएसएल-को आउँदो सीजनको निम्ति कलकत्ताका गोलकीपर भास्कर रोयसँग दुई सालको अनुबन्ध गऱ्यो। २८ वर्षीय गोलकीपर भास्करले राजस्थान युनाइटेड एफसीबाट खेल्दै आई लीगको २०२१-२२ सीजनमा गोल्डन ग्लभ्स पुरस्कार जितेका थिए। राजस्थान युनाइटेडको आई लीग पदार्पण (डेब्यू) सीजनमा भास्करले आठवटा क्लीन शीट कायम राख्नको साथै सर्वाधिक शेभ (१७ वटा म्याचमा ४४ वटा) गरेका थिए।

यसरी नै हैदराबाद एफसीले जलपाइगढ़ीका २३ वर्षीय फूल ब्याक मनोज मोहम्मदसँग ३ सालको अनुबन्ध गऱ्यो। मनोज यसअघि कलकत्ताको क्लब मोहमेडन स्पोर्टिंग क्लबमा रहेका थिए। साल २०२०-मा मोहमेडन स्पोर्टिंग क्लबमा सामेल हुन अघि मनोजले ईष्ट बेंगलबाट १६ वटा लीग म्याच खेलेका थिए।