दलाई लामाले गरे दुईवटा परियोजनाको भर्चुउलरूपमा शिलान्यास
गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका धर्मगुरू दलाई लामाले आज राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री प्रेम सिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम उच्च न्यायालयका न्यायधीश लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आफ्नो अनुयायीहरूलाई प्रबचन दिने क्रममा धर्मगुरू दलाई लामाले धर्मको आधारमा कसैमाथि पनि भेदभाव गर्न नहुने सुझाऊ दिए। विश्वमा मानिने सबैधर्महरू एक रहेको कारण सबैको सम्मान गरिनुपर्ने उनले आग्रह गरे। मानिसहरूले धर्मको अर्थ सही ढङग्मा नबुझेको कारण विश्वमा नै हिंसा हुने गरेको बताउँदै यदि धर्मलाई बुझ्ने हो भने विश्व नै शान्ति रहने बताए। विश्वमा विभिन्न धर्म रहेता पनि सबै धर्मको लक्ष्य र उद्देश्य भने एउटै हुने गरेको उनको भनाइ रहेको थियो। धर्मलाई हेर्ने सबैको आ-आफ्नो दृष्टिकोण हुने भएकोले यसमाथि भेदभाव उत्पन्न हुने गरेको लामाले अवगत गराए। हामी सबै एक अर्कामा मिलेर बसे साथै एक अर्कालाई भेदभावको दृष्टि नराखे यही नै मानिसको सबै भन्दा ठूलो धर्म हुने कुरामा उनले आफ्नो अनुयायीहरूलाई विश्वास दिलाए। राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित आजको कार्यक्रममा राज्य, राज्यबाहिर, भुटान र नेपालका अनुयायीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा लगभग ३० हजार भन्दा अधिक भक्तजनको उपस्थिति रहेको थियो। आजको यस कार्यक्रममा धर्मगुरू दलाई लामाले भर्चउलरूपमा रुम्तेकमा फेम्बुङलो पार्क र सिङताम खाम्दोङ निर्वाचन क्षेत्रणा ग्याल्वा ल्हाटसुन छेन्पो शालिगको पनि शिलान्यास गरे।