दार्जीलिङ: रञ्जुभेल्ली निम्न उच्च विद्यालयद्वारा आयोजन गरिएको अण्डर १३ फुटबल टुर्नामेन्टको दोस्रो दिन सम्पन्न भएको दुईवटा म्याचमा क्रमैले शारदा उच्चत्तर माध्यमिक विद्यालय, मङपू अनि ग्रेस एकाडेमी, छ माइँल दोस्रो राउण्डमा प्रवेश गर्न सक्षम बनेका छन्। आज पहिलो म्याच शारदा उच्चत्तर माध्यमिक विद्यालय अनि सरस्वती उच्चत्तर माध्यमिक विद्यालय मङपूमाझ सम्पन्न भएको थियो। उक्त म्याचमा शारदा उच्चत्तर माध्यमिक विद्यालयले ४-० को अन्तरले विजय हासिल गरे। उक्त खेलमा २ गोल दर्ता गर्ने शारदा उच्चत्तर माध्यमिक विद्यालयका खेलाड़ी निमा तामाङलाई म्यान अफ द म्याच घोषित गरियो। यसपछि दोस्रो म्याच सेन्ट मगंल एकाडेमी,मङपू अनि ग्रेस एकाडेमी ६ माइलमाझ सम्पन्न भएको थियो। अति नै रोमञ्चपूर्ण भएको उक्त म्याचमा ३-२ को अन्तरालले ग्रेस एकाडेमी, ६ माइँलले जीत दर्ता गरी दोस्रो राउण्डमा पुग्न सक्षम बने।

यस खेलमा ह्याट्रिक गोल दर्ता गरेर टीमलाई जीत दिलाउने ग्रेस एकाडेमीका खेलाड़ी साहिल छेत्रीलाई म्यान अफ द म्याच पुरस्कार प्रदान गरियो। उक्त टुर्नामेन्टको तेस्रो दिनको पहिलो म्याच भोलि घूम उच्चत्तर माध्यमिक विद्यालय बनाम रञ्जुभेल्ली ए माझ खेलिनेछ भने दोस्रो म्याच लाब्दा निम्न उच्च विद्यालय बनाम रञ्जुभेल्ली निम्न उच्च विद्यालय बी माझ सम्पन्न हुनेछ।