चिमनी देवराली ग्राम पञ्चायतको ईए/सचिवलाई सम्मान

IMG-20231212-WA0193.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको ग्राम सभा सम्पन्न भएको छ। उक्त ग्राम सभामा नै चिमनी ग्राम पञ्चायतको ईए/सचिव शिमला लामालाई चिमनी देवराली ग्राम पञ्चायतको नर्थ शिवखोलाको निर्वाचित पञ्चायत सदस्य दिपेस थापा र स्थीनीयहरूको पक्षबाट सम्मान जनाइएको छ। उनलाई सबै नर्थ शिवखोला गाउँलेहरूको पक्षबाट पञ्चायत सदस्य दिपेस थापाको पक्षबाट साथै ग्राम सभाको सभापतिको बाहुलीबाट खदार्पणसहित सम्मान पत्र प्रदान गरी सम्मान जनाइएको छ। उक्त अवसरमा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ, पञ्चायत समिति सदस्य दिनेश तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement