पाकिमको सिकोनमा वार्षिक बाल सभा सम्पन्न

IMG-20231212-WA0208.jpg

पाकिम: अनुग्यालय दार्जीलिङ डायोसेस सोशियल सर्विस सोसाइटीको पहलमा आज पाकिम जिल्लास्थित असमलिञ्जेको सिकोनको प्रेक्षागृहमा वार्षिक बाल सभा आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक प्रणालीलाई बलियो बनाउने र आर्थिक सशक्तिकरण र शैक्षिक सहयोगको माध्यमबाट सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु रहेको थियो।

आयोजक संस्थाका निर्देशक स्यामुएल लेप्चाले छिमेकी समावेशी बाल संसद (एनआईसीएम) लाई उनीहरूको असाधारण आयोजनको लागि प्रशंसा गरे। उनले विद्यार्थीहरूमा व्यापक सीप विकास गर्न, सामाजिक उत्तरदायित्वलाई बढावा दिन र विभिन्न क्षेत्रमा ज्ञान अभिवृद्धि गर्न बाल संसदको महत्त्वमाथि जोड दिए। सिप्ला फाउन्डेसनका प्रमुख अनुराग मिश्रले विद्यार्थीहरूलाई यस्ता कार्यक्रमहरूबाट बहुमूल्य अन्तर्दृष्टि प्राप्त गर्न प्रोत्साहित गरे। उनले बालअधिकार, बेरोजगारी, बालश्रम र असमानता जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरूको बारेमा आफ्ना साथीहरू र समुदायहरूमा सचेतना जगाउनु पर्ने विषयमा प्रकाश पारे।

यस अवसरमा अम्बा, ताजा, याक्तेन र सेन्ट्रल पाण्डाम ग्राम पञ्चायतका कूल ४९ जना विद्यार्थी, युवा लगायत अन्यहरूले सहभागिता जनाएका थिए। विभिन्न छिमेकी समावेशी बाल संसदहरू (एनआईसीएम) का विद्यार्थीहरूले नृत्य प्रदर्शन, विषयगत स्किटहरू, र कविता वाचन लगायतका गतिविधिहरूले यो दिन भरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement