मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले जनाइन् गंगा आरतीमा सहभागिता

IMG-20231212-WA0204.jpg

गान्तोक: मुख्यमन्त्रीका धर्मपत्नी कृष्ण राईले लेग्शेपको किराँतेश्वर शिव धामस्थित रङ्गीत नदीको किनारमा आयोजित गंगा आरतीमा सहभागिता जनाइन्। विशेष गरेर हिजो बाला चतुर्दर्शीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री लोकनाथ शर्मा लगायत किराँतेश्वर शिव धामका कार्यकारी समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

आफ्नो संक्षिप्त सम्बोधनको क्रममा कृष्ण राईले भक्ति गंगा आरतीमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै यसको धार्मिक महत्वबारे अवगत गराइन्। उनले आगामी दिनमा पनि हरेक वर्ष गंगा आरती मनाउने गरी सांस्कृतिक र धार्मिक अनुष्ठानको संरक्षण गर्ने अपेक्षा राखिन्। मन्त्री लोकनाथ शर्माले गंगा आरतीमा सहभागी हुने भक्तजनप्रति कृतज्ञता व्यक्त गर्दै लेग्शेप नदी किनारमा विकास र सम्पदा क्षेत्रको मेगा पर्यटन परियोजनाको भइरहेको जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement