गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोसुङ नाम्सुङ पर्वको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिँदै यस पर्वले राज्यबासीमा शान्ति, समृद्धि र प्रगति ल्याओस् भन्ने कामना गरेका छन्। सिक्किम राज्य आफ्नो संस्कृति र परम्परामा धेरै धनी रहेको र यस पर्व प्रतिवर्ष उत्सवकोरूपमा मनाउने र उत्सवको प्रतिनिधित्व गर्ने राज्यपालले बताएका छन्। यो पर्व कागे गुटोरसहित लोसी कुरिम, नामखाङ र नयाँ वर्ष (चे त्सिग) समावेश हुने भएकोले बितेको वर्षसँगै सबै अस्पष्टता हटाउने र नयाँ वर्षलाई आशा र प्रार्थनाका साथ स्वागत गर्ने गरेको राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। लोसुङ र नामसुङ पर्व धेरै वर्षदेखि राज्यमा मुखौटा नृत्य “काग्ये च्याम” संग सिक्किमभरि मनाउँदै आएको र यस प्रकारको संस्कृतिहरूलाई हामीले गर्व गर्दै आत्मसाथ गर्नुपर्ने राज्यपालले बताएका छन्।