गृहमन्त्रीलाई इतिहास थाहा छैन: राहुल गान्धी

cover-35.jpg

नयाँ दिल्ली: कङ्ग्रेस नेता एवं सांसद राहुल गान्धीले आज भने, केन्द्रिय गृहमन्त्री अमित शाहलाई इतिहासको जानकारी छैन। मुद्दादेखि ध्यान अर्कोतिर मोड़्नु छ भने उनी पण्डित नेहरूमाथि टिप्पणी गर्न थालन्छन्।

राहुलले मङ्गलवार संसद भवन परिसरमा मीडियासित बातचित गर्दै भने, पण्डित जवाहरलाल नेहरूले हिन्दुस्तानको लागि आफ्नो जीवन दिए, वर्षौंसम्म जेलमा बिताए। गृहमन्त्री शाहलाई सायद इतिहास थाहा छैन, उनले केवल यस विषयमा भ्रममा पार्ने प्रयास गरिरहेका छन्। असली मुद्दा त जाति गणनाको हो। हामी जाति जनगणनाको मुद्दालाई उठाउनेछौं अनि गरीबहरूलाई उनीहरूको हक दिलाउनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement