खरसाङको रोहिणी रोडमा बस दुर्घटनाग्रस्त

IMG-20231212-WA0165.jpg

सबै यात्री र चालक सुरक्षित

खरसाङ: खरसाङको रोहिणी रोडमा रहेको कारगिल डाँडामा बस दुर्घटना भएको छ। तर उक्त दुर्घटनामा सबै यात्रीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार दार्जीलिङदेखि खरसाङ भएर सिलगढी गईरहेको डब्ल्युबी ६३ ए २५०० नम्बरको उत्तर बंगाल राज्य परिवहन विभाग ( एनबीएसटीसी) को बस गाड़ी रोहिणी रोडको कारगिल डाँडा क्षेत्रमा बसको अचानक नियन्त्रण गुमेपछि दुर्घटना हुन पुगेको बताइएको छ। तर भाग्यवश चालकसहित यात्रीहरू सबै सुरक्षित रहेको र कुनै जान मालको क्षति नभएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement