जलपाईगुडीको एक रिसोर्टमा हात्ती देखा परे

IMG-20231212-WA0141.jpg

जलपाईगुडी: जलपाईगुडीको पर्यटकीय स्थलहरू घुम्न आउने पर्यटकले जंगली हात्ती देखे। रिसोर्टमा नै जंगली हात्ती देखेर पर्यटकहरु खुसी देखिए। यो घटना मेटेल्ली ब्लकको दक्षिण धुपझोडा क्षेत्रमा भएको हो। सोमबार राति एउटा हात्ती खानाको खोजीमा गरुमारा जङ्गलबाट निस्केर दक्षिण धुपझोडाको कायतपारा नजिकैको क्षेत्रमा आएको थियो। सो क्षेत्रमा रात बसेपछि मंगलबार बिहान ६ बजेतिर उक्त हात्ती उक्त क्षेत्रमा रहेको निजी रिसोर्ट हुँदै चिया बगान सडकको गरुमारा जङ्गलमा फर्किएको थियो। सात बिहान रिसोर्ट नजिकैबाट हात्ती गुज्रिरहेको दृश्य पर्यटकले कैद गरेका थिए। केही दिनयता दक्षिण धुपझोडाको कायेतपारा क्षेत्रमा हात्तीको आक्रमण जारी छ। रिसोर्टमा हात्ती देख्दा पर्यटकहरु खुसी हुनु स्वभाविक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement