जलपाईगुडी: जलपाईगुड़ी सदर ब्लकको बरोपटिया मङ्गलबार बिहान ग्रामपञ्चायत अन्तर्गतको नाथुआरचार क्षेत्रमा एक वृद्ध दम्पतीको झुण्डिएको लाश फेला परेपछि सनसनी मच्चिएको छ। स्थानीय पञ्चायतका सदस्य र स्थानीयले श्रीमान श्रीमतीलाई कसैले हत्या गरी झुण्ड्याएको आरोप लगाएका छन्। यस दम्पतीको उमेर ७० र ६५ वर्ष रहेको अनुमान गरिएको छ। जलपाईगुडी कोतवाली थानाको पुलिसले लाश बरामद गरी पोस्टमार्टमको लागि पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने पुलिस स्रोतले जनाएको छ। घटनापछि स्थानीयवासी त्रसित छन्।