२३ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शुक्रवार दोस्रो राउण्डका दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा डीबीवाईएससी-ले आरजे स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट चिरागले २ अनि नितेशले १ गोल गरे। यसरी नै आरजे एससी-बाट रोहन राईले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा युनाइटेड ब्रदर्स फूटबल क्लब (यूबीएफसी)-ले डिग्री कलेज (सोनादा)-लाई ६-०-ले पिट्यो। विजेता टीमबाट १० नम्बर जर्सी लगाउने खेलाड़ीले २, प्रीतम सुब्बाले २, साहिल राईले १ अनि अभिषेक सुब्बाले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।