टिस्टा नजिक लाबरबोटेमा दाह संस्कार गर्नेहरूको बिजोग

TEESTA-1.jpg

टिस्टा: गत ४ अक्टोबरको दिन उत्तर सिक्किमको प्राकृतिक आपदा पछि टिस्टा नदीको जलस्तर बढदा यसले मानव क्षति लगायत नदी किनारका धेरैवटा घर-वार साथै सम्पत्तिहरूलाई मात्र बगाएर नष्ट गरेन तर यसले राष्ट्रीय राजमार्ग १० अन्तर्गत टिस्टा नजिक लाबार बोटेमा रहेको हिन्दुहरूको दाह संस्कार गर्ने ठाउँ समेत पानीले बगाएर लगेपछि नदी किनारको बद्ली हाल सडकमा नै मृतकहरूको दाह संस्कार गर्न मानिसहरू वाध्य छन्। स्मरण रहोस, लाबर बोटेको दाह संस्कार गरिने ठाउँमा विशेष गरेर कालेबुङ शहर लगायत यसको वरीपरीका सबैजसो ठाउँबाट हिन्दु धर्मावलम्बीहरूको अन्तिम संस्कार गर्ने गरिन्छ। यसवाहेक, टिस्टा इलाका लगायत टिस्टाभेल्ली क्षेत्रहरूबाट समेत मानिसहरूको दाह संस्कारको लागि यहीँ लाबरबोटेमा नै लगिन्छ। तर अहिले टिस्टाको बाढीले उक्त दाह संस्कार गरिने सम्पूर्ण ठाउँ नै बगाएर लगेपछि दाह संस्कार गर्न जाने मानिसहरूको हरि बिजोग भइरहेको मानिसहरूको भनाई रहेको छ। खोलाको बगरमा दाह संस्कार गर्नको साटो हाल सडकमा नै दाह संस्कार गर्न वाध्य बन्नु परेको छ भने यदि एकै समयमा दुईजना शव जलाउनु पर्ने स्थिति आइपरे यहाँ दाह संस्कार गर्ने ठाउँ समेत नभएको जनगुनासो सुन्नमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement