१९ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत बिहीवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगका तीनवटा म्याच खेलियो। मेला ग्राउण्डमा कुमुद एफसी र १६ नम्बर वार्डबीच भएको दिनको पहिलो म्याच १-१-ले ड्र रह्यो। यसबाहेक गितडाब्लिंगले रक भेल एकाडमी (आरभीए) विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यसरी नै केसीएसए चर्चले डा. ग्राहम्स होम्स स्कूललाई २-१-ले पराजित गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।