सिलगढी: आज सिलगढीको कञ्चनजङ्घा स्टेडियम मुख्यमन्त्री ममता बनर्जीको बैठक बसेको छ। मुख्यमन्त्री ममता बनर्जी एक साताको लागि उत्तर बंगालको भ्रमणमा छिन्। आज अर्थात मङ्गलबार कञ्चनजङ्घा रंगशालामा सभा गर्दै उनले विभिन्न विकास आयोजनाको घोषणा गर्नेछिन्। उल्लेखनीय छ कि मुख्यमन्त्री ममता बनर्जी क्रिसमस र नयाँ वर्षको लागि धेरै उपहार लिएर सिलगढी पुगेकी छिन्। उनलाई स्वागत गर्न सिलगढी सहर पनि तयार छ। पूरै सहरलाई मुख्यमन्त्रीको कटआउट र फ्लेक्सले सजाइएको छ। तृणमूल कांग्रेसले पनि मुख्यमन्त्रीको स्वागतको तयारी गरेको छ। कार्यक्रम स्थलमा मञ्च तयार भइसकेको छ।