भारतलाई विकसित राष्ट्र बनाउनका लागि युवाहरूले लक्ष्य एवं सङ्कल्पको साथमा काम गर्नुपर्छ: राष्ट्रपति

bc535004d62aefc13222ce4a93865266167904228900789_original.jpeg

लखनऊ: राष्ट्रपति द्रौपदी मुर्मू उत्तर प्रदेशको आफ्नो दुई दिवसीय भ्रमणको दोस्रो दिन मङ्गलवार लखनऊस्थित इण्डियन इन्स्टिट्यूट अफ़ इन्फर्मेशन टेक्नोलजी लखनऊ (आईआईआईटी लखनऊ)- को दीक्षान्त समारोहमा सामेल भइन्।

राष्ट्रपतिले मेधावी विद्यार्थीहरूलाई मेडल प्रदान गरिन्। इन्दिरा गान्धी प्रतिष्ठानमा आयोजित संस्थानको दोस्रो दीक्षान्त समारोहमा राष्ट्रपतिसित उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए।

राष्ट्रपति द्रौपदी मुर्मूले युवाहरूलाई शुभकामना दिँदै भनिन्, मैले भर्खरै के देखेँ भने तपाईहरूको संस्थानका मानिसहरूले “विद्या ददाति विनयम…”-लाई उल्लेख गरेका छन् जसको अर्थ हो विद्याले विनय दिन्छ र विनयबाट पात्रता पाउँछ। पात्रताबाट धन आउँछ र धनबाट धर्म आउँछ। धर्मबाट सुख प्राप्त हुन्छ। आशा छ तपाईहरू सबैले आफ्नो संस्थानको ध्येय अनुकूल आचरण गर्दै भविष्य निर्माण गर्नुहुनेछ।

उनले भनिन्, मलाई थाहा लागे अनुसार आईआईटी लखनऊलाई विशेष दर्जा दिइएको छ, यो दर्जा तपाईहरूको क्षमताको परिचायक हो। मलाई यो भन्नपर्दा कुनै सङ्कोच भइरहेको छैन कि इञ्जीनियरिङ्ग र बिजनेस जस्तो क्षेत्रमा शिक्षा प्रदान गर्ने आईआईटी जस्तो संस्थान शिखरमा उभिएको छ। डिजिटल बिजनेसको लागि संस्थानले प्रोग्राम शउरू गरेको छ जुन सराहनीय कदम हो। राष्ट्रपतिले डिजायर, डेमोक्रेसी, डेभलपमेन्ट जस्तो 5 डीको उल्लेख गरिन्। भारतले आफ्नो स्वतन्त्रताको सय वर्ष पूरा गरेको अवसरमा विकसित भारतको लक्ष्य राखेको छ। यस दिशामा कार्य गर्नको लागि तपाईहरू सबले सङ्कल्प लिनुपर्छ।

यस अवसरमा राज्यपाल आनन्दीबेन पटेलले युवाहरूलाई उज्जवल भविष्यको शुभकामना दिइन्। उनले भनिन्, यहाँका युवाहरू आफ्नो पाठ्यक्रमसँगसँगै अन्य एक्टिभिटीहरूमा पनि सामेल भिरहेका छन्। यो अत्यन्त राम्रो कुरा हो। आज सारा दुनियाँले भारततिर फर्केर हेरिरहेको छ। भारतका मनीषियाहरूले विश्वलाई धेरै कुरा दिएका छन्। हाम्रो संस्कृतिको सन्देश विश्व बन्धुत्व एवं सबैको सुखको कामना गर्नु हो। उत्तर प्रदेशको राज्यपालको रूपमा मैले आईआईआईटी लखनऊबाट धेरै आशा राखेकी छु। यहाँका विद्यार्थीहरूले आफूसँगसँगै समाजका वञ्चित मानिसहरूलाई पनि ध्यान राख्नुपर्छ। गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा आईआईटी लखनऊलाई बधाई दिन्छु।

मुख्यमन्त्री योगी आदित्यनाथले राष्ट्रपति द्रौपदी मुर्मू र प्रदेशकी राज्यपाल आनन्दीबेन पटेललाई स्वागत जनाउँदै भने, आईआईआईटी लखनऊको द्वितीय दीक्षान्त समारोहमा डिग्री हासिल गर्ने युवाहरू अनि उनीहरूका अभिभावकहरूलाई हामी बधाई दिन्छौं। मुख्यमन्त्री योगीले भने, हाम्रो देश आज विश्वमा एउटा ठूलो अर्थव्यवस्थाको रूपमा उदाएको छ। हामी सबैले नयाँ भारतलाई देखिरहेका छौं। जीवनको प्रत्येक क्षेत्रमा भारतले आफ्नो युवा उर्जाको लागि बाटो खोलेको छ। प्रधानमन्त्री मोदीले देशको ५ ट्रिलियन डलर इकोनमीको लक्ष्य राखेका छन्। उत्तर प्रदेश पनि एक ट्रिलियन डलर इकोनमी तर्फ कदम बढ़ाइरहेको छ। मुख्यमन्त्रीले युवाहरूलाई देशीप्रति इमानदार निष्ठापूर्वक काम गर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement