एफसी गोवासँग ३ सालको अनुबन्ध गरे आयुष छेत्रीले

IMG-20220723-WA0078.jpg

२३ जुलाईः एफसी गोवाले इण्डियन सुपर लीग (आईएसएल)-को आउँदो सीजनको निम्ति भारतका युवा मीडफिल्डर आयुष देव छेत्रीसँग तीन सालको अनुबन्ध गऱ्यो। एफसी गोवाले यसबारे आधिकारिक बयान जारी गरेर अनुबन्धको जानकारी दिएको छ। आयुषले अण्डर-१५ र अण्डर-१८ स्तरमा हीरो युवा लीगमा आइजोल एफसी फूटबल टीमको प्रतिनिधित्व गरेपछि १९ सालको उमेरमा यसै टीमको निम्ति आई लीगमा खेलेका छन्। उनले आई लीगका १० वटा म्याचमा ३ गोल गरेका छन्। क्लबसँग अनुबन्ध गरेपछि आयुष छेत्रीले भने, एफसी गोवा देशको सर्वश्रेष्ठ फूटबल क्लबहरूमा एउटा हो अनि टीममा सामेल भएर म खुशी छु। आईएसएल-मा खेल्ने मेरो सपना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement