झुन्डिएको अवस्थामा शव उद्धार

IMG-20230528-WA0320-5-300x172-3

सिलगढी: बाघडुग्रामा झुन्डिएको अवस्थामा एउटी किशोरीको शव उद्धार भएको छ। मृतक किशोरीको नाम सङ्गीता बर्मन (१७) बताइएको छ। तिनी बाघडुग्रा बालिका विद्यालयको नवौँ श्रेणीको छात्रा थिइन्। प्राप्त जानकारी हिजो साँझ पारिवारिक अशान्तिले गर्दा सङ्गीता घरबाट निस्केकी थिइन्। परिवारका सदस्य तथा स्थानीय मानिसहरूले तिनलाई रातभरि खोजे तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहान स्थानीय मानिसहरूले एउटा रुखमा झुन्डिरहेको अवस्थामा सङ्गीताको शव देखेपछि घटनाबारे परिवार तथा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement