गेजिङमा सिटिजन एक्सन पार्टीको सभा

IMG-20231212-WA0009.jpg

गेजिङ: गेजिङ जिल्लाको आठ माइलमा आज सिटिजन एक्सन पार्टीले जिल्ला पार्टी कार्यालयको उद्घाटन पूर्व मन्त्री दाउछो लेप्चाको बाहुलीबाट गरियो। उद्घाटन पछि सामुदायिक भवनमा गेजिङ जिल्ला समन्वय सभा सम्पन्न भएको थियो। पार्टी अध्यक्ष एलपी काफ्ले प्रमुख संयाेजक गणेश कुमार राई, वरिष्ठ नेतृत्वगण एवं पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। आजको सभालाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टीका प्रमुख संयोजक गणेश कुमार राईले सिक्किममा सामन्तवादको अन्त्य भएर लोकतन्त्रको उदय भएको आधा शताब्दी पुग्नलाग्दा पनि पुराना व्यवस्थाका जराहरू गजडिएर अहिलेसम्म बसेको बताए। त्यसलाई निर्मूल पार्न नै सिटिजन एक्सन पार्टीको राजनीतिक आएको बताए। सिटिजन एक्सन पार्टीले व्यक्ति विशेषबाट राजनीतिलाई निर्देशित नगरेर सामुहिक नेतृत्त्व स्थापित गरिएको हो भन्दै वर्तमान सरकारले पार्टीको पञ्जिकरणमा धेरै बाधा गरेको, करोड पैसा खर्च गर्दा पनि ९ महिनाको अवधिमा हाम्रो लक्ष्य पुरा भएको बताए। अब केही समय पछि पार्टीको चिन्ह पनि आउने बताए। वर्तमान मुख्यमन्त्रीले हाम्रो नेताहरू किन्न करोडौको बोली लगाउँदा पनि कोही बिकेन् भन्दै हाम्रो यो विचारधारा कति व्यवहारिक हुन्छ थाहा छैन तर यसले राजनीति गर्छु भन्नेहरूलाई पक्कै आकर्षित गरेको दाबी गरे। राजनीतिमा प्रवेश गरेर नेतृत्त्व गर्छु भन्नेहरू कति अध्ययनशील हुनुपर्छ भन्ने सिटीजन एक्सन पार्टीका राजनीतिक अभियन्ताहरूले सबैलाई सन्देश दिएका छन्। सरकार किन बनाउने भन्ने प्रश्नको जवाफ जनताको घर बनाइदिने, नोकरी दिने, वृद्धभत्ता दिनेसम्म मात्र सीमित छ भन्ने दाबी गर्दै पार्टीका नेता गणेश राईले आफ्नो सम्बोधनमा अगाडि सरकारले जनताको जीवनमा स्थिरता ल्याउनुपर्छ त्यसैले समाजमा स्थिरता ल्याउनका निम्ति सरकार बनाउन जरुरी छ भने। संसारमा जन्म लिएपछि प्रत्येक नागरिकले एउटा भरोसाको जिन्दगी जिउन सकोस्। जनतालाई त्यस्तो जीवन जिउने भरोसा सरकारले दिनुपर्छ। कुनै पनि व्यक्ति आफ्नो परिवारलाई सुख, शान्ति, समृद्धि दिन सक्नेछु भन्ने कुरामा विश्वस्त हुनुपर्छ, त्यो भरोसा दिनसक्ने बनाउने काम सरकारको हो। यसका निम्ति दिर्घम्यादी योजना बनाउन सरकारकाे लक्ष्य हुनुपर्छ भन्दै गणेश राईले भने, राजनीतिक दलको नेतृत्त्वपंक्तिलाई भने चिन्तनको गहिराईमा पुऱ्याउँदैन भन्न सकिन्न। राजनीतिक बजारमा चलिआएका गालीका विशेषणहरू नजोडी उनले वर्तमान र पूर्व सरकारको कटु आलोचना गरे। राईले एसडीएफ पार्टीले गर्दै आएको राजनीतिलाई सिधै जातिवादी राजनीति नभनेर सोसियल इञ्जिनियरिङ पोलिटिक्स भने। विभिन्न जातको मान्छे देखाएर गरिने राजनीतिलाई सोसियल इञ्जिनियरिङ भनिन्छ भने। अनि यस्तो राजनीतिले राज्य र राष्ट्रलाई घात गर्ने बताउँदै एसडीएफको राजनीति पनि घातक छ भने। सिक्किमको इतिहासमा जनताले चुनाउबाट हराएको राजनीतिक दल फेरि सत्तामा आउँदैन भनी ठोकुवा पनि गरे। उनले युग सुहाउँदो राजनीतिक दल भनेको सिटिजन एक्सन पार्टी हो, पुरानो व्यवस्थालाई परिवर्तन गरेर नयाँ व्यवस्था स्थापित गर्नुलाई क्रान्ति भनिन्छ भन्दै ब्लूप्रिन्टबिनाको नयाँ व्यवस्थाको परिकल्पना असम्भव छ भन्ने कुरा पुष्टि भएको पनि दाबी गरेका छन्। हामी पोल खोल्ने होइन सिक्किम ढुबाउनेहरूलाई कठोर कानुनी कार्यवाही गर्ने छौ भनी चेताउनी दिँदै वर्तमान मुख्यमन्त्री जस्तो पोल मात्र खोल्ने होइन कार्यवाही गर्ने बताए। एसडीएफ पार्टीले सिक्किमेली समाजलाई जात-जातमा टुक्राउने काम गरेको छ। सामुहिक नेतृत्त्वबाट नै राज्यलाई सही दिशातर्फ लैजान सकिने कुरामा जोड दिएका

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *