गान्तोक: राजभवन सिक्किमले देशका अन्य राज्यहरू र केन्द्र शासित राज्यहरूसँगै एकतामा रहेर विकसित भारत २०४७ आइडियाज वेब पोर्टल साथै कार्यशाला कार्यक्रमको सुरुवातमा उत्साहपूर्वक सहभागिता जनायो। भर्चुअल कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य सहति कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, सिक्किम मणिपाल विश्वविद्यालय, इक्फाई विश्वविद्यालय, एनआइटी राभाङला विश्वविद्यालय लगायत राज्यका सात प्रमुख विश्वविद्यालयका उपकुलपति साथै विशिष्ट व्यक्तिहरूले पनि उपस्थिति जनाएका थिए। उद्घाटनको क्रममा भारत सरकारका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो परिचयात्मक टिप्पणीको क्रममा विकसित भारत २०४७ भोइस अफ् युथको पहलमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दै भर्चुअलरूपमा सम्बोधन गरे। यसै क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको कार्यशालामा राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा प्रभावकारी सम्बोधन प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले काशी विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, नागपुर विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय र केरला विश्वविद्यालयलगायत राष्ट्रव्यापी विभिन्न शैक्षिक संस्थाहरूका उदाहरणलाई लिएर प्रकाश पार्दै विकसित राष्ट्र, विकास भारत २०४७ को परिकल्पनामा योगदानको महत्त्वलाई जोड दिए। रचनात्मक रूपमा, नवीन विचारहरू योगदान गर्नुपर्ने र विद्यार्थीहरू बीच व्यक्तित्वको भावनामाथि पनि उनले जोड दिए।
कार्यशालामा एक अनलाइन आइडिया पोर्टल प्रस्तुत गरियो, जसले नागरिकहरूलाई विशेष गरी युवाहरूलाई राष्ट्रको उन्नतिको लागि सुझावहरू पेश गर्न प्रोत्साहित गरिएको थियो। विकसित भारत २०४७ को लक्ष्यसँग यस पहलको पङ्क्तिबद्धतालाई जोड दिए।
भर्चुअल कार्यक्रम पछि भिजिट भारत २०४७ र भोइस अफ् युथ” शीर्षकको अफलाइन कार्यशाला राजभवनमा सम्पन्न भयो, जसमा सिक्किम राज्यमा सञ्चालित सातवटा विश्वविद्यालयका उपकुलपति, संकाय र विद्यार्थीहरू सहित २०० जनाले सहभागिता जनाएका थिए। कार्यशालाको उद्देश्य छलफललाई सहज बनाउन र सहभागीहरूलाई सक्रिय रूपमा विकसित भारतको दृष्टिलाई व्यवहारमा ल्याउनको निम्ति प्रोत्साहित गरिएको थियो।