सिक्किम डान्सिङ स्टारको ग्राण्ड फिनाले भव्यरूपमा सम्पन्न

IMG-20231212-WA0007.jpg

गान्तोक: दरामदिन युथको आयोजनामा सिक्किम डान्सिङ स्टारको ग्राण्ड फिनाले हिजो दरामदिनस्थित कृपाशल्याण वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। गत जून महिनामा अडिशन राउण्डदेखि शुरु भएर विभिन्न राउण्डहरु सिद्धाएपछि हिजो भव्यताको साथमा यसको ग्राण्ड फिनाले आयोजना गरिएको थियो।

दरामदिन निर्वाचन क्षेत्रका क्षेत्र विधायक एवं श्रम तथा उर्जा विभागीय मन्त्री एमएन शेर्पा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यस अवसरमा राज्यभरिका साथै राज्यबाहिरका कूल २२ जना प्रतिस्पर्धीहरुले पहिलो राउण्डमा आफ्नो प्रस्तुति प्रदर्शन गरे जसमा ८ जना फाइनल राउण्डको निम्ति चयन भएका थिए। मेङ्गले निवासी मिङमा डी. शेर्पा डान्सिङ स्टार सिजन २ का विजेता बन्न सफल बने भनेदेखि नाम्चीका गजल राई अनि गान्तोकका सहयोग प्रधान क्रमैले पहिलो अनि दोस्रो उपविजेता बने।

विजेतालाई ट्रफी सहित रुपियाँ १ लाख नगद पुरस्कार प्रदान गरियो। यसरी पहिलो उपविजेतालाई ट्रफी सहित रुपियाँ ५० हजार अनि दोस्रो उपविजेतालाई पनि ट्रफी सहित रुपियाँ ३० हजार नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री शेर्पाले यसरी भव्यताका साथमा कार्यक्रम आयोजना गर्न सक्षम बनेकोमा दरामदिन युथ साथै कार्यकारिणी समितिको सराहना गर्दै बधाई दिए। वर्तमान सरकारको पहलमा यस निर्वाचन क्षेत्रमा के कस्ता काम भइरहेका छन्, यसबारे उनले विस्तृत जानकारी दिए। कार्यक्रममा समितिको च्यारिटी कार्यक्रमार्फत ८ जनालाई विभिन्न प्रकारको सहयोग प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *