गान्तोक: सिक्किमको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिॅंदै आएका भिडियोग्राफर विनोद तामाङ ‘कल्याण बरुवा पुरस्कार २०२३’ द्वारा पुरस्कृत भएका छन्।
माई होम इण्डिया अनि नर्थइस्ट मिडिया फोरमले आज नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा आयोजन गरेको समारोह अवधि विनोद तामाङलाई कल्याण बरुवा पुरस्कार २०२३ द्वारा पुरस्कृत गरिएको हो।
पुरस्कार समारोहमा केन्द्रिय मन्त्री सर्वानन्द सोनवाल मुख्य अतिथि रहेका थिए। कल्याण बरुवा पुरस्कार कुल पाँचजना पत्रकारहरूलाई प्रदान गरिएको छ। कल्याण बरुवा लाइफ टाइम अचिभमेन्ट अवार्ड नयाँ दिल्लीका दिपक देवानलाई प्रदान गरिएको छ। प्रीन्ट मिडिया क्षेत्रबाट अरुणाचल प्रदेशका पत्रकार रञ्जु दोदुम, इलेक्ट्रोनिक मिडियाबाट असमका पार्थज्योती बरा र फोटोग्राफीमा असमकी गितीका तालुकदारले यो पुरस्कार प्राप्त गरेकी छन्।